28.8 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

थप २३५ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्‍यु, २१२ जना संक्रमणमुक्त

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ८४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार ८८५ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ सय २४ जना र १ हजार १९९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख २४ हजार ६३३ पुगेको छ ।

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय १२ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ११ हजार ९५८ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ९ हजार ८४ जनाको परीक्षण हुँदा हालसम्म कुल ५६ लाख ७३ हजार ३५३ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ४ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५९४ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स