23.6 C
Kathmandu
Wednesday, August 13, 2025
spot_img

हुस्सु र कुहिरोका कारण सबै उडान बन्द, साढे ३ सय उडान प्रभावित

काठमाडौँ । मौसममा खराबी आएर बाक्लो हुस्सु तथा कुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान बन्द भएका छन् । आज बिहानैदेखि काठमाडौँ उपत्यकामा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने मौसम समेत पूर्ण बदली रहेको छ ।

प्रतिकूल मौसमका कारण बाहिरबाट आएका विमान समेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न सकेनन् । साथै विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडानहरु बन्द भएको विमानस्थल कार्यालयले जनाएको छ ।

हुस्सुका कारण भिजिबिलिटी ज्यादै कम देखिएकाले उडान तथा अवतरण बन्द गर्नुपरेको हो । बिहान हुस्सुकै कारण जजिरा एयरलाइन्सका २ विमान अवतरण गर्न सकेनन् । त्यसपछि काठमाडौंको आकाशमा ती जहाज फन्को लगाउँदै अवतरण सहजताको प्रतीक्षामा रहेको कार्यालयले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि जजिरा एयरलाइन्सका दुई जहाजले काठमाडौं उपत्यकाको आकाशमा फन्को लगाइरहेका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकासहित तराईका भूभागहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको छ

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स