23.4 C
Kathmandu
Friday, August 15, 2025
spot_img

देशभर ३०६ जनामा कोरोना पुष्टि, ६ को मृत्यु, ३ सय ४८ जना संक्रमणमुक्त

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ३ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ६०६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार ८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ९१ जना र १ हजार ५९८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख १२ हजार ०५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३४८ जना कोरोनामुक्त भए, ६ को मृत्यु

कोरोना भाइरस ९कोभिड(१९०को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ सय ४८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९८ हजार २७४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ६०६ जनाको परीक्षण हुँदा हालसम्म कुल ५२ लाख ०१ हजार ३९५ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ६ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४७७ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स