28.8 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

मुलुकभर थप १८४ जनामा कोरोना पुष्टि, २ को मृत्यु, २६७ जना संक्रमणमुक्त

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार १८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार २३० जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ सय ३० जना र ३ हजार ७८८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख २१ हजार ०७३ पुगेको छ ।

कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ६७ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ०८ हजार ०८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ११ हजार १८ जनाको परीक्षण हुँदा हालसम्म कुल ५५ लाख २५ हजार २४० जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५६७ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स