काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६८२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ६ हजार २६८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ४२ जना र २ हजार ४१४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख २० हजार ४ पुगेको छ ।
कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ३४ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ०६ हजार ७७८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ८ हजार ६८२ जनाको परीक्षण हुँदा हालसम्म कुल ५४ लाख ७५ हजार २८३ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५५४ पुगेको छ ।