18.8 C
Kathmandu
Monday, September 29, 2025
spot_img

टोखा नगर प्रमुखको बाचा ६ महिनामै पूरा, दमकल खरिद

 काठमाडौं । बढ्दो शहरीकरणसँगै आगलागीको जोखिम बढिरहेकाले टोखा नगरपालिकाले दमकल खरिद गरेको छ। नगरपालिका स्रोतका अनुसार आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत ८३ लाख रुपैयाँको अनुमानित लागतसहित टेन्डर प्रक्रिया अघि बढाइएपछि ७७ लाखमा दमकल खरिद सम्पन्न गरिएको हो।

नगरप्रमुख प्रकाश अधिकारीका अनुसार पुस मसान्तमा सम्पन्न नगरसभाबाट निर्णय गरी खरिद प्रक्रिया अघि बढाइएको हो। दमकल छिट्टै सञ्चालनमा आउने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले जानकारी दिए।

टोखामा पछिल्ला वर्षहरूमा बस्ती विस्तार तीव्र रूपमा बढिरहेको छ। त्यही कारण, आगलागी जस्ता आपतकालीन अवस्थाको प्रभावकारी व्यवस्थापन आवश्यक भइसकेको नगरपालिकाले जनाएको छ। स्थानीय बासिन्दाहरूले दमकलको आगमनले राहत महसुस गराएको प्रतिक्रिया दिएका छन्।

धापासी क्षेत्रमा २०८१ पुस ४ गते भएको आगलागीपछि नगरप्रमुखले जनताको आग्रहमा तत्काल दमकल ल्याउने वाचा गरेका थिए। ६ महिनामै दमकल खरिद गरेर वाचा पूरा गरेको भन्दै स्थानीयले प्रशंसा गरेका छन्।

प्रतिक्रिया

हेडलाइन्स