22.6 C
Kathmandu
Thursday, August 14, 2025
spot_img

बागमती प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज दिउँसो बस्ने प्रदेश सभा बैठकमा प्रस्तुत गर्दै छ । प्रदेश सरकाको नीति तथा कार्यक्रम प्रदेश सभाको दिउँसो २ बजे बस्ने बैठकमा प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट प्रस्तुत हुने कार्यक्रम तय भएको छ ।

आज ल्याइने सरकारको नीति तथा कार्यक्रमको आधारमा आगामी आर्थिक बर्षको बजेट ल्याइने सरकारको तयारी छ । यसअघि गत बुधबार बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि समावेशी, समानुपातिक सिद्धान्त र भूगोलका आधारमा कृषि, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर सिर्जनालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउने जनाएको थियो ।

बुधबार बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा तामाङले आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रदेश सभा बैठकमा पेस गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स