25.3 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

आजबाट देशभर प्रत्यक्ष निर्वाचनतर्फको उम्मेदवारी दर्ता सुरु

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि उम्मेदवारी दर्ता सुरु भएको छ । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्र र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रमा एकसाथ उम्मेदवारी दर्ता सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारी दर्ता गराउन जाँदा २५ जना भन्दा बढी सहभागी हुन नपाइने, बाजा गाजा र झाँकी प्रदर्शन गर्न नपाइने आचारसंहिता छ ।समानुपातिक तर्फको निर्वाचन प्रणालीको प्रकृया यसअघि नै सुरु भैसकेपनि प्रत्यक्ष रुपमा निर्वाचित हुने अर्थात् पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम आज सुरु हुन लागेसँगै निर्वाचनको माहोल तातिएको हो ।

निर्वाचनमा भाग लिने दल र उम्मेदवारले मनोनयनका लागि आफ्नो तयारी तीव्र बनाएका छन् । आज बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफै वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले सोका लागि आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्धसहित सम्पूर्ण व्यवस्था मिलाइ सकेको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोग सम्पूर्ण राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षलाई निर्धक्क भएर मतदाताबीच पुगी अनुमोदित हुने आफ्नो अधिकार प्रयोग गर्न आह्वान गर्नुभएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स