21.2 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

बढ्न थाल्यो कोरोनाको ग्राफ, थप ९० जनामा संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९० जनामा कोरोनाको संक्रमण देखिएको छ । ३१ सय १२ को नमुना परीक्षण गरिएकोमा आरटी पिसिआर विधिबाट ७३ र एन्टीजेन विधिमार्फत् १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थपिएका सङ्क्रमित मध्ये सबैभन्दा बढी काठमाडौँका ४३ जना रहेका छन् । त्यस्तै ललितपुरमा ७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यससँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ भने २४ घण्टाको अवधिमा २० जना डिस्चार्ज भएका छन् । यद्यपि, सो अवधिमा कसैको पनि मृत्यु भने भएको छैन ।

गत चौबीस घन्टामा १ हजार ९४४ पीसीआर तथा १ हजार १६८ एन्टिजेन परीक्षण भएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स