22.6 C
Kathmandu
Thursday, August 14, 2025
spot_img

काठमाडौं उपत्यकाका नौ स्थानमा हैजा देखियो

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न नौ स्थानमा हैजाको संक्रमण देखिएको छ । शनिबार पाटन अस्पतालमा उपचाररत एकजनामा हैजाको संक्रमण पुष्टि भएको छ । काठमाडौंको नैकाप क्षेत्रका एक व्यक्तिमा पनि हैजा संक्रमणको आरडीटी रिपोर्ट पोजिटिभ आएको छ ।

पाटनमा देखिएका बिरामी कोटेश्वर क्षेत्रका रहेको पाटन अस्पतालका निर्देशक डा. रबी शाक्यले जानकारी दिए । यसअघि, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट ६ जनामा हैजाको संक्रमण पुष्टि भइसकेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यसअघि बागबजार, डिल्लीबजार, कपन, सानेपा, बालाजु, बल्खु र थानकोटका मानिसमा हैजा पुष्टि भएको थियो ।

जनस्वास्थ्यविद्हरुले संक्रमणको स्रोत पत्ता नलाग्नु वा धेरै स्थानमा हैजाका बिरामीका देखा पर्नु हैजा महामारीकै रुपमा फैलनसक्ने पूर्वसंकेत देखिएको बताएका छन् ।

आइतबारबाट जिल्ला प्रशासन कार्यालय काठमाडौंले वितरण हुने जार, बोतल तथा टयांकर व्यवसायीहरुको वितरित पानी गुणस्तर अनुगमन गर्ने भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स