22.7 C
Kathmandu
Wednesday, August 13, 2025
spot_img

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै घट्यो गाडी भाडा पनि

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँ घटेपछि सार्वजनिक यातायातको सवारी भाडा पनि घटेको छ । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेसँगै गाडी भाडा समायोजन गरेको हो ।

नेपाल आयल निगमले हिजोदेखि पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य समायोजन गरेको थियो । त्यससँगै विभागले सार्वजनिक यातायातको सवारी भाडा समायोजन गरेको जनाएको छ । विभागकाअनुसार यात्रुवाहक सवारीको भाडा २ प्रतिशतले घटेको छ ।

यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा २.९ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स