22 C
Kathmandu
Sunday, August 17, 2025
spot_img

थप २६२ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्‍यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ८१५ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६ हजार ५७२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ सय २९ जना र ३ हजार २४३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १४ हजार १५६ पुगेको छ । सोही अवधिमा ३३ हजार २५४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा १२ हजार २४४ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ३३८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ५१ हजार ३९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ८१५ जनाको परीक्षण हुँदा हालसम्म कुल ६४ लाख १८ हजार ७७२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९२१ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स