26.2 C
Kathmandu
Saturday, August 16, 2025
spot_img

सञ्चारमन्त्री कार्कीद्धारा संसदमा एमसीसी पेश

काठमाडौँ । सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गरेका छन् । प्रतिनिधि सभाको आज बसेको बैठकमा मन्त्री कार्कीले बहुचर्चित एवं विवादास्पद एमसीसी संसदमा पेश गरेका हुन् ।

एमसीसी पेश गर्ने क्रममा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले संसदमै नाराबाजी गरेका छन् । यसैगरी सत्तारूढ नेकपा माओवादी  केन्द्रका सांसदहरूले असहमति व्यक्त गरेका छन् । उक्त पार्टी का प्रमुख सचेतक एवं सांसद देव गुरूङले दलहरूबीच प्रस्ट सहमति नहुँदै र एमालेले लामाे समयदेखि गर्दै आएको संसदकाे अवराेध नखुलाइकनै एमसीसी टेबुल गरेकाेमा असहमति  जनाएका हुन् ।

यसअघि अर्थमन्त्री जनार्दन शर्माले पेश गर्ने कार्यसूची रहे पनि उनी बिरामी भएको भन्दै बैठकमा उपस्थित भएनन् । उनको पार्टी नेकपा माओवादी केन्द्रभित्र एमसीसीबारे तीव्र विरोध भइरहेछ । तर सत्ता गठबन्धनका शीर्ष नेताहरुले पनि एमसीसी संसदमा पेश गर्ने सहमति जुटाएका थिए ।

अर्थमन्त्री शर्मा अनुस्थित रहेपछि पूर्व अर्थमन्त्री समेत रहेका सञ्चारमन्त्री कार्कीले पेश गरेका हुन् । कार्की नै अर्थमन्त्री रहेका बेला एमसीसीमा हस्ताक्षर गरिएको थियो ।  त्यसपछि २०७६ असार ३० गते युवराज खतिवडा अर्थमन्त्री  भएकाे बेला एमसीसी सम्झौता संसदमा पेग गर्न भन्दै संघीय संसद सचिवालयमा दर्ता गराएका थिए तर दलहरूबीच सहमति नबन्दा र राजनीतिक खिचातानी अड्किएकाे थियाे ।

अब संसदको अर्को बैठक फागुन १२ मा बस्ने र साेही बैठकमा एमसीसीबारे थप थप छलफल भएर पारित गर्ने प्रक्रिया अघि बढ्नेछ । संसदमा बहुमत (५१ प्रतिशत मत) जुटाउन सकेकाे खण्डमा एमसीसी पारित भएर कार्यान्वयनमा जानेछ भने फेल भएमा सहयाेग रकम अमेरिकाले फिर्ता लैजाने सम्भावना छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स