24.5 C
Kathmandu
Saturday, August 16, 2025
spot_img

१० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ हजार २०१ जनामा कोरोना परीक्षण भएको थियो । सोही अवधिमा निको हुनेको संख्या भने २५४० जना रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६५९ पुगेको छ ।
हाल कुल संक्रमित भने एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १५ हजार १७८ र पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख १८ हजार ४४८ जना रहेका छन् । संक्रमितमध्ये ८ लाख २४ हजार २३९ जना निको भएका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा १ लाख १९ हजार ३७१ जनाले खोप लगाएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स