23.6 C
Kathmandu
Wednesday, August 13, 2025
spot_img

एकैदिन थप १० हजार २५८ जनामा कोरोना पुष्टि, ५ सय ६२ जना डिस्चार्ज

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ हजार ८२८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १७ हजार ८७२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ८ हजार ७३० जना र ४ हजार ९५६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ५२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख ७२ हजार १९८ पुगेको छ ।

यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो । यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो ।

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५ सय ६२ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख १७ हजार ५४७ पुगेको छ । हाल देशभर ३९ हजार ४४ संक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा देशभर २२ हजार ८२८ जनाको परीक्षण हुँदा हालसम्म कुल ५९ लाख ३२ हजार १२२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६२४ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स