23.3 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

नेपालमा थप एक जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप एक जनामा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पृष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले ५८ वर्षिया पुरुषमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिनुभयो । योसँगै नेपालमा तीन जना ओमिक्रोन संक्रमित भेटिएका छन्।

सहप्रवक्ता डा.अधिकारीले संक्रमित व्यक्ति अहिले होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहनुका साथै मन्त्रालयको निगरानीमा रहको जनानकारी दिनभयो । उहाँले संक्रमित व्यक्ति ओमिक्रोन फैलिएको देशबाट आएको भए पनि कुन देशबाट आएको भन्ने खुलाउन चहानु भएन ।

यसअघि मंसिर १९ गते दुईजनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो । ओमिक्रोन भेरियन्ट प्रभावित मुलुकबाट मंसिर ३ गते आएका ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका अर्का व्यक्तिमा ओमिक्रोन भेटिएको थियो

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स