28.8 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको तयारी तीब्र

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पुस ११ देखि १३ गतेसम्म हुने प्रथम राष्ट्रिय सम्मेलनको तयारी तीब्र पारेको जनाएको छ । राष्ट्रिय सम्मेलनका बिषयमा जानकारी दिन बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सममेलन गर्दै माओवादीले राष्ट्रिय सम्मेलनमा १ हजार ५ सय ३३ प्रतिनिधि हुने जानकारी समेत गराएको छ ।

पत्रकार सम्मेलनमा माओवादी प्रवक्ता कृष्ण बहादुर महराले सम्मेलनका लागि भक्तपुर, ललितपुर र काठमाडौंका प्रवेशद्वारमा स्वागतद्वार राखिने र मुख्य ठाउँहरुमा सम्मेनलबारे पोष्टर राखिने जानकारी दिए ।

उनले माओवादीको महाधिवेशन नभएर सम्मेलनमात्र भएका कारण कुनै देशभित्र र बाहिरबाट कुनै अतिथीलाई आमन्त्रण नगरिने बताए । उनले सम्मेलनका लागि राजनीतिक बैचारिक तयारीका लागि अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्रतिवेदन लेखिरहेको जानकारी दिए ।

नयाँ क्रान्तिकारी बिचार निर्माण र नयाँ क्रान्तिकारी पार्टी निर्माण गर्नका लागि सम्मेलन केन्द्रीत हुने महराले बताए । त्यस्तै प्रवक्ता महराले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताए । परिमार्जन नगरी राष्ट्रिय सहमतिविना एमसीसी अघि बढ्न नसक्ने उनको भनाइ छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स