23.1 C
Kathmandu
Monday, August 11, 2025
spot_img

न्यायिक समितिको एक वर्ष: विवाद समाधानको नमूना बन्यो हेटौँडा

काठमाडौँ । हेटौँडा उपमहानगरपालिकामा गठन भएको न्यायिक समितिले आर्थिक वर्ष २०८१/८२ मा १४३ वटा उजुरी फछ्र्योट गरेको छ। उपप्रमुख राजेश बानियाँको संयोजकत्वमा रहेको समितिले मेलमिलापको सिद्धान्तअनुसार विवाद समाधान गर्दै आएको हो।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४६ बमोजिम गठन गरिएको समितिमा सो वर्ष २४७ नयाँ र ४४ पुराना गरी कुल २९१ उजुरी दर्ता भएका थिए। तीमध्ये १४३ उजुरी फछ्र्योट गरिएको, ४५ उजुरी अदालतबाट निरुपण गर्नुपर्ने राय दिइएको, नौवटा अन्य निकायमा पठाइएको, २० निष्क्रिय भएको र १२ निवेदन फिर्ता लिइएको उपप्रमुख बानियाँले जानकारी दिए।

उपमहानगरमा न्यायिक समिति पहिलोपटक २०७४/७५ मा गठन भएको हो। त्यसयता समितिमा दर्ता भएका १,२५४ उजुरीमध्ये ७४३ उजुरी मेलमिलापमार्फत फछ्र्योट भएका छन्।

स्थानीय तहमै साना तथा सामुदायिक विवाद समाधान गर्ने उद्देश्यले न्यायिक समितिले नागरिक स्तरमै न्याय पहुँच पु-याउँदै आएको उपमहानगरले जनाएको छ।

प्रतिक्रिया

हेडलाइन्स