काठमाडौँ । नागार्जुन नगरपालिका सबैभन्दा कम बेरुजु ९०.०८० भएको पहिलो नगरपालिकाको बनेको छ । महालेखा परीक्षक कार्यालयको अन्तिम लेखा परीक्षणबाट नेपालभरिका नगरपालिकाहरु मध्ये नागार्जुन नगरपालिका सबैभन्दा कम बेरुजु भएको पहिलो नगरपालिकाको रुपमा घोषणा भएकोे हो ।
सो अनुसार नेपाली कांग्रेस केन्द्रीय समितिले नागार्जुन नगरपालिका सहित अन्य नगरपालिका र गाउँपालिकाहरूलाइ सम्मान गरेको छ । उक्त कार्यक्रममा पूर्व प्रधान मन्त्री एवं नेपाली कांग्रेसका सभापति सम्माननीय शेरबहादुर देउवाले नागार्जुन नगरपालिकाका नगर प्रमुख श्रद्धेय श्री मोहन बहादुर बस्नेतलाइ सम्मान प्रदान गर्नुभएको छ ।
सो अवसरमा आर्थिक पारदर्शिता तथा आर्थिक सुशासनले नै नागार्जुन नगरपालिकालाइ उत्कृष्ट बनाएको कुरा उल्लेख गर्नुहुँदै नगर प्रमुख बस्नेतले कम बेरुजु बनाउन आर्थिक पारदर्शिता तथा आर्थिक सुशासन कायम राख्न अहोरात्र लाग्नुभएका नागार्जुन नगरपालिकाका नगर प्रमुख श्रद्धेय श्री मोहन बहादुर बस्नेत, उप–प्रमुख श्री सुशिला अधिकारी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्री सुमन अधिकारी, वडाध्यक्षहरु, वडा सदस्यहरु, नगरपालिका र मातहतका विभिन्न वडा कार्यालय तथा शाखाका शाखा प्रमुखहरु, प्रशासनिक एवं प्राविधिक कर्मचारीहरु, सम्पूर्ण नागार्जुन नगरबासीहरु, माननीय सांसदहरु, विभिन्न राजनैतिक दलहरु एवं दलका जनप्रतिनिधिहरू, उद्योगी, व्यवसायीहरु, विभिन्न संघ-संस्थाहरू लगायत सरोकारवाला सबै विशेष धन्यवादका पात्रहरु भएको बताउनुभयो ।
आगामी दिनहरुमा नागार्जुन नगरपालिकाले आर्थिक सुशासन कायम राख्दै शून्य बेरुजु बनाउनमा सम्बन्धित सबैको सहयोगको अपेक्षा राखेको छ ।