30.4 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

पहिरोमा पुरिएर शिक्षिकाको मृत्यु पछि गाउँपालिकामा शोक बिदा

खोटाङ । पहिरोले पुरेर शिक्षिकाको मृत्यु भएको शोकमा रावा बेसी गाउँपालिकाले आज शोक बिदा दिएको छ ।

शुक्रबार गाउँपालिकाको कार्यालय र यस अन्तर्गतका सबै कार्यालयहरूमा शोक बिदा दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष फटिक कुमार श्रेष्ठले बताउनुभयो । बिहीबार बिहान विद्यालय जाँदै गरेकी रावा बेसी गाउँपालिका–३ लामिडाँडाकी सावित्रीदेवी नेवारको पहिरोले पुरिएर मृत्यु भएको थियो । विश्वज्योति मावि लामिडाँडामा कार्यरत शिक्षिका नेवारलाई वडा कार्यालय नजिकै पहिरोले पुरेको हो ।

तल्लो सडकबाट यात्रा गरिरहनु भएका शिक्षिका सावित्रीदेवीलाई माथिल्लो सडकबाट झरेको पहिरोले पुरेको हो । उहाँसँगै अगाडि हिँडिरहेका आफन्त ७० वर्षीया हर्क कुमारी श्रेष्ठ भने पहिरोबाट जोगिनु भएको छ ।

शिक्षिका सावित्रीदेवीलाई प्रहरी र स्थानीयले पहिरो खनेर मृत अवस्थामा निकालेका थिए । शिक्षिका सावित्रीदेवीको अनिवार्य अवकाश हुन केही समय मात्र बाकी रहेको विद्यालयले जनाएको छ ।

विद्यालय जाँदै गर्दा पहिरोले पुरेर शिक्षिकाको असामयिक निधन भएकाले दुःख व्यक्त गर्दै शोक बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

हेडलाइन्स