स्याङ्जा । सूचना एवम् प्रबिधिले निकै फड्को मारेको पाचौँ जेनेरेसनको अवस्थामा आईपुगेको सञ्चार जगत् कुनै ठाउँ यस्ता पनि छन् जहाँ सञ्चारबिहिन बन्न पुगेका छन् । त्यसैको उदाहरणको रुपमा रहेको छ, स्याङजाको पुतलीबजार(१२ पेल्काचौर जहाँ अहिलेसम्म टेलिकमको टावर पुगेको छैन ।
यो समस्या सुन्दर रमणिय ठाउँ स्याङ्जाको पुतलीबजर(१२ पेल्काचौरको हो । यहाँ चार सयभन्दा बढी स्थानीयको बसोवास छ । सदरमुकाम निकट रहेपनी अहिलेसम्म नेपाल टेलिकमको नेटवर्क नपुग्दा यहाँका स्थानीय संचार जगत्बाट पछाडी परेका छन् ।
पछिल्लो समय बैदेशिक रोजगारीका लागी बिदेश गएका स्थानीयहरु परिवारबिच सूचना आदान प्रदान तथा कल सेवा, ईन्टरनेट सेवा लिनवाट वञ्चित भएका छन् भने नेटवर्क टिपाउन चौतारी तथा अग्लो पडाडमा जानुपर्ने बाध्यता छ । जसले गर्दा सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमको नमस्ते सिम प्रयोग गर्नवाट बन्चित रहेको बताउछन् प्रकाश अर्याल र चिरन्जिबि शर्मा ।
नेटवर्क ब्यावस्थापनका लागी प्रदेश तथा संघमा समन्नय गरी ३ बर्ष अगाडि टेलिकमबाट प्राविधिक टोली आई निरीक्षणको काम गरेपनी टावर ब्यावस्थापनमा कुनै पहल नभएकाले नमस्ते सिम प्रयोग गर्नवाट वञ्चित भएका स्थानीयलाई सुबिधा पुर्याउनका लागी पहल गर्ने बताउनुहुन्छ पुतलिबजार(१२ का वडाध्यक्ष गन्जसीङ गुरुङ ।
दिनानुदिन सूचना संचार प्रबिधिले फडको मारेको अबस्थामा सदरमुकाम निकट भएको ठाउँमै टेलिकमको नेटर्वक नपुग्दा स्थानीय सेवा सुबिधावाट वञ्चित हुनु दुःखद अवस्था हो । यसको उचित पहल गरी सूचना संचार सेवा प्रदान गर्नु सम्बन्धित निकाएको दायित्व हो । बेलैमा यसको उचित कार्यान्वयनका लागी पेल्काचौरबासीको माग रहेको छ ।