28.3 C
Kathmandu
Tuesday, August 19, 2025
spot_img

तत्काल आकासे पुल मर्मत गर्न र पारदर्शी बनाउन उपमेयर डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले महानगरभित्रका आकासे पुल तत्काल मर्मत गर्न निर्देशन दिएकी छन् । महानगरको सार्वजनिक निजी साझेदारी एकाइका अधिकारीसँग छलफल गर्दै उपमेयर डंगोलले निजी साझेदारी कार्यक्रम अन्तर्गतका आकासे पुल असुरक्षित भएकोले सुधारका काम तत्काल मर्मत गर्नुपर्ने बताएकी हुन् । आकासे पुलका संरचना भत्किएका छन् । हिँड्दा अल्झिएर लड्ने अवस्था छ । बार अग्ला भएकाले साँझ बिहान पुलभित्र हिँड्न असुरक्षित हुन्छ । अपाङ्गता भएका व्यक्ति पुलबाट यात्रा गर्न सक्दैनन् । जोखिम मोलेर सडकबाटै अर्को किनारामा पुग्नुपर्छ,’ डंगोलले भनिन्, ‘पुलका बार घटाउनु पर्छ । यी बार पारदर्शी हुनुपर्छ । मर्मत गरेर दुरुस्त बनाउनुपर्छ । एक पटक बनाएर अलपत्र बनाएर हुँदैन । नियमित मर्मत गर्नुपर्छ । यसका लागि निर्माण पक्षलाई तत्काल पत्राचार गर्नु । महानगरका निर्देशक नुरनिधि न्यौपानेले, सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत सञ्चालनमा रहेका काठमाडौँ टावर निर्माण, सार्वजनिक शौचालय निर्माण तथा व्यवस्थापनलगायत योजनाका विषयमा जानकारी गराएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स