19.1 C
Kathmandu
Saturday, August 16, 2025
spot_img

नगर क्षेत्रका विपन्न परिवारको ३० युनिटसम्मको विद्युत महसुल गौर नगरपालिकाले तिरीदिने

रौतहट । रौतहटको गौर नगरपालिकाले  नगर क्षेत्रका बिपन्न तथा गरिब परिवारको ३० युनिट सम्मको बिधुत महसुल नगरपालिकाले तिर्ने भएको छ । गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले एक सार्वजिनिक कार्यक्रममा यस्तो उदघोष गरेका हुन ।

गौर नगर क्षेत्रका गरिब, विपन्न तथा दलित परिवारको बिजुली बिल नगरपालिकाले व्यहोर्ने नगर प्रमुख साहले बताए । गौर नगरपालिकामा बसोवास गर्ने आर्थिक रुपम कमजोर भएका बिपन्न परिवार, गरिब तथा दलित समुदायहरुलाई २०७९ साउन १ गते देखि लागू हुने गरि ३० युनिटसम्म खपत बिधुत महसुल नगरपालिकाले तिर्ने नगर प्रमुख साहले जानकारी दिए । ३० युनिट भन्दा बढी बिधुत खपत भएको पाइएमा सम्बन्धित व्यक्तिले स्वयं बिल तिर्नु पर्ने उनले बताएका छन ।

आफ्नो घोषणापत्र अनुसार नै यो कार्यक्रम गरिएको नगर प्रमुख साहले बताए । निःशुल्क विद्युत योजनाको लाभ लिन २०७९ आषाढ मसान्तसम्मको बिल भुक्तानी गरेको हुनुपर्ने समेत उनले बताएका छन । ३० युनिट भन्दा बढी खपत हुने सेवाग्रहीको हकमा यो सहुलियत तत्काल लागु नहुने नगरपालिकाले जनाएको छ । यो सुविधा लिन साउन महिनाको बिललाई मिटर रिडिङ भएलगतै सम्बधित वडा कार्यालय वा गौरनगरपालिकामा जम्मा गराउन गौरनगरपालिकाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स