26.2 C
Kathmandu
Saturday, August 16, 2025
spot_img

टोखा नगरपालिकाको आ.व.२०७९/८०को नीति तथा कार्यक्रम सर्वसम्मत रुपले पारित

काठमाडौँ । टोखा नगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८०को नीति तथा कार्यक्रम सर्वसम्मत रुपले पारित भएको छ । असार १० गते बसेको नगरसभाको ११ औ अधिवेशनले उक्त निति तथा कार्यक्रम पारित गरेको हो ।

टोखा नगरपालिकाले आर्थिक सामाजिक पुर्वाधार विकास,वातावरण तथा विजत व्यवस्थापन,संस्थागत विकास तथा सुशासन, वित्तिय सुशासन, सेवा प्रवाह क्षेत्र,जस्ता शिर्षकहरु समावेश गरि निति तथा कार्यक्रम तयार पारेको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाले आव २०७९/८० भित्र कार्यालय भवन निर्माण सम्पन्न गरी नगरपालिकाको भवनबाटै सेवा प्रवाहको व्यवस्था मिलाउने, एक वडा एक उद्यान नीतिलाई निरन्तरता दिने, एक वडा एक विपद् सुरक्षित स्थल गरी आवश्यक पूर्वाधार विकास गर्ने बताउनुभयो ।

यस्तै नीति तथा कार्यक्रममा नगरपालिकाभित्रको सुरक्षाका लागि मुख्य स्थानमा सिसी क्यामरा जडान गर्ने, टोलमा सुरक्षा साइरन जडान गर्ने, ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्ने, नगर प्रहरी परिचालन गर्ने तथा टोखाको चाकुलाई ब्राण्डिङ गरिने नीति तथा कार्यक्रम बनाइएको छ ।

त्यस्तै नगरपालिका र वडा कार्यालय परिसरमा फ्रि वाई फाइको व्यवस्था गर्ने, राजस्व तिर्ने व्यवस्थालाई अनलाइन प्रणालीमा लैजाने, नगरपालिकाका हरेक कामलाई विद्युतीय माध्यमबाट गर्ने, चौमासिक रुपमा सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्ने, वित्तीय सुशासन कायम राख्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यसैगरी ‘मेयर उज्यालो’ कार्यक्रमलाई निरन्तरता दिँदै सार्वजनिक चोक, मठमन्दिर, विद्यालय, वडालगायत सबै स्थानमा सडक बत्ती जडान गर्ने, टोखा सांस्कृतिक संरक्षित क्षेत्रभित्रका प्राचीन शैलीका घरलाई संरक्षण गर्ने, मेयर दीर्घायु कार्यक्रमलाई निरन्तरता दिने, उपमेयरसँग बालबालिका कार्यक्रम सञ्चालन गर्ने लगायतका कुराहरु नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

निति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा मेयर अधिकारीले चालू आर्थिक बर्षमा सम्झौता भई आर्थिक बर्षको अन्त्यसम्म कार्यान्वयन हुन नसकेको योजना तथा कार्यक्रमलाई पनि क्रमागतरुपमा निरन्तरता दिने बताउनुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स