24.3 C
Kathmandu
Wednesday, August 13, 2025
spot_img

टोखा नगरपालिकाकै पहिलो महिला वडा अध्यक्षका रुपमा शान्ता पौडेल विजयी

काठमाडौँ । टोखा नगरपालिका वडा नं ६ मा नेपालि कांग्रेसको तर्फबाट उम्मेद्धार बन्नुभएका शान्ता पौडेल बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा विजयी हुनुभएको छ । अघिल्लो निर्वाचनमा यसै वडाबाट वडा सदस्यमा निर्वाचित हुनुभएकि पौडेल यसपटक वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । यो संगै उहाँ टोखा नगरपालिकामा ११ वटा वडाहरु मध्ये नगरपालिकाकै पहिलो महिला वडा अध्यक्ष बन्न सफल हुनुभएको छ ।

वडा अध्यक्षको पदभार ग्रहण गर्दै पौडेलले वडालाई समृद्धितर्फ लैजाले प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । उहाँले आफु टोखा नगरपालिकाबाट महिला वडा अध्यक्षमा निर्वाचित हुने पहिलो ब्यक्ति बनेकोमा पनि खुसि ब्यक्त गर्नुभयो । विकास निर्माणका काम देखि सम्पुर्ण काम गर्दा राजनीतिक रूपमा कसैलाई भेदभाव नगरि सबैलाई समेटेर सबैलाई एकताबद्व गराएर लानु आफ्नो भुमिका रहेको उहाँको भनाइ छ ।

नेपाली काँग्रेसका शान्ता पौडेलले आफ्ना प्रतिस्पर्धी एमालेका उम्मेदवार भगवान केसिलाई पछि पार्दै जित हासिल गर्न सफल हुनुभएको हो । पौडेलले वडा अध्यक्षमा १०७५ मत ल्याएर बिजयी हासिल गर्दा उहाँकी निकतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार भगवान केसिले ७६९ मत प्राप्त गर्नुभएको छ भने नेकपा माओवादी केन्द्रका कृष्ण बहादुर केसिले ७३ मत प्राप्त गर्नुभएको छ ।

टोखा नगरपालिका वडा नं ६ को वडा अध्यक्षमा शान्ता पौडेल विजयी भए संगै उहाँको प्यानलमा नेपाली कांग्रेसका दलित महिला सदस्य ममता सुनार बिक, महिला सदस्य तन्जु नेपाल लुइँटेल, खुल्ला सदस्य बलराम राउत क्षेत्री र नेकपा एमालेका चन्द्र प्रसाद श्रेष्ठ वडा सदस्यमा बिजयी हुनुभएको छ ।

स्थानिय तहको पहिलो निर्वाचन २०७४ मा वडा सदस्यका रुपमा निर्वाचित भइ उहाँले जनताका लागि राम्रो काम गर्दै आउनुभएको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स