23.3 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

काठमाडौं महानगरमा बालेनको अग्रता कायमै, सिर्जनाभन्दा पछि पुगे स्थापित

काठमाडौं । काठमाडौं महानगरमा बालेन शाहको अग्रता कायमै रहँदा केशव स्थापित भने पछि परेका छन् । हालसम्म काठमाडौं महानगरको एक लाख बढी मतगणना भइसकेको छ ।

पछिल्लो जानकारी अनुसार काठमाडौंमा एक लाख दुई हजार ७६३ मतगणना भइसकेको छ । जसक्रममा काठमाडौं महानगरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ३८ हजार ३३३ मत प्राप्त गरेका छन् ।

त्यसपछि नेपाली कांग्रेसकी सिर्जना सिंहले २१ हजार २९९ मत ल्याउँदै दास्रो स्थानमा छन् । एमालेको प्रमुखका उम्मेदवार २१ हजार ८ मत ल्याएका छन् ।

केशव स्थापितका हालको पोजिसन सिर्जनाभन्दा २९१ मतले पछि र बालेनभन्दा १७ हजार ३२५ हजार ५४१ मतले पछि हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स