25.3 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

बागमती प्रदेशमा कोरोना संक्रमण: १० दिनमै १२ गुणाले बढ्यो

काठमाडौं। बागमती प्रदेशमा पछिल्ला दिन कोरोना संक्रमणको दर तीव्र रुपमा बढेको छ । प्रदेशमा पछिल्लो १० दिनमा मात्र कोरोना संक्रमणको दर १२ गुणाले बढेको छ ।

पछिल्लो १० दिनमा बागमती प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या ६ गुणाले बढेको छ । पुस २० गते प्रदेशभर २ हजार ५२२ जना सक्रिय संक्रमित रहेको प्रदेशको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । त्यस यता सो संख्यामा क्रमिक रुपमा वृद्धि हुँदै माघ १ गतेसम्म आइपुग्दा १५ हजार ३३८ जना सक्रिय संक्रमित पुगेका छन् । यो संख्या पुस २० गतेको तुलनामा ६ गुणा बढी हुन आउँछ ।

बागमती प्रदेशमा पुस २१ गते २ हजार ६५६ जना सक्रिय संक्रमित थिए भने पुस २२ गते २ हजार ८३३ जना, पुस २३ मा ३ हजार ९० जना, पुस २४ मा ३ हजार ५१२ जना, पुस २५ मा ४ हजार ४५ जना, पुस २६ मा ४ हजार ८३९ जना, पुस २७ मा ६ हजार १७२ जना, पुस २८ मा ७ हजार ८८१ जना, पुस २९ मा ९ हजार ९२७ जना, पुस ३० मा १२ हजार ८५० जना सक्रिय संक्रमित छन् ।

बागमती प्रदेशमा कोरोना भाइरसका अधिकांश सक्रिय संक्रमित होम आइसोलेशनमा छन् । प्रदेशको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार कुल सक्रिय संक्रमितमध्ये १४ हजारभन्दा बढी व्यक्ति होम आइसोलेशन बसेका छन् ।

कुल १५ हजार ३३८ जना सक्रिय संक्रमितमध्ये १४ हजार ७०३ जना होम आइसोलेशनमा बसेका छन् । अन्य संक्रमित भने प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा उपचाररत छन् ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितमध्ये ६३३ जना संस्थागत आइसोलेशनमा उपचाररत छन् भने जेनरल आइसोलेशनमा २२८ जना, एचडीयूमा ३१४ जना, आइसीयूमा ७५ जना र भेन्टिलेटरमा १६ जना छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स