26.7 C
Kathmandu
Friday, August 15, 2025
spot_img

त्रिविको दीक्षान्त समारोह पुस २ गते

काठमाडौं । त्रिभुवन विश्वविद्यालको ४९ औं दिक्षान्त समारोह पुस २ गते हुने भएको छ। त्रिविले सोमबार सूचना प्रकाशित गर्दै यस वर्षको दीक्षान्त समारोह पुस २ गते दशरथ रंगशालामा हुने जानकारी दिएको हो।

त्रिविले दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीहरूलाई पुस २ गते बिहान ८ बजेदेखि १० बजेभित्र समारोहस्थलमा प्रवेश गरिसक्न भनेको छ। दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीका लागि त्रिविले यसअघि नै अनलाइन फाराम भराइसकेको छ।

समारोहमा सहभागी हुने विद्यार्थीहरूले आ-आफ्नो गाउनरस्कार्फरटोपी पहिरी बिहान ८स्०० बजेदेखि १०स्०० बजेभित्र समारोह स्थलमा प्रवेश गर्न र तोकिएको स्थानमा बस्न त्रिविले अनुरोध गरेको छ।

दीक्षान्त समारोहमा विद्यावारिधि र दीक्षान्त पदक र पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरू सबभन्दा अगाडिको लाइनमा आफ्नो नाम तोकिएको सिटमा बस्नुपर्नेछ। गाउन र स्कार्फ मंसिर २४ देखि ३० गतेसम्म त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा बल्खुमा वितरण गरिने त्रिविले जानकारी दिएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स