19.1 C
Kathmandu
Friday, August 15, 2025
spot_img

प्रधानाध्यापकको हत्याको विरोधमा मंगलबार मधेश प्रदेशका विद्यालयहरू बन्द

बारा । बाराको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश सर्राफको हत्याको विरोधमा मंगलबार मधेश प्रदेशका सम्पूर्ण निजी विद्यालय बन्द हुने भएका छन् ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन) को आह्वानमा मधेश प्रदेशका विद्यालयहरू बन्द हुने भएका हुन् ।

बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलको सञ्चालक तथा प्रिन्सिपल सर्राफमाथि सोमबार दिउँसो गोली प्रहार गरिएको थियो । गोली प्रहारबाट घाइते उनको उपचारको क्रममा वीरगञ्जस्थित नारायणी बयोधा मेडिसिटी अस्पतालमा मृत्यु भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स