25.6 C
Kathmandu
Saturday, August 16, 2025
spot_img

शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह मनाइँदै

काठमाडौँ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह मनाउने भएको छ। शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह डिकोलोजाइसेन एजुकेशन फाईनान्सिङ नाउ भन्ने मुल नाराका जेठ १५ गतेदेखि १९ गतेसम्म मनाउन लागिएको हो।

यो कार्यसप्ताह नेपालसहित विश्वभरका १५० भन्दा बढी देशमा मनाउन लागिएको हो। शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई नेपाल)का अध्यक्ष राजेन्द्र पहाडीले शिक्षा क्षेत्रका विभिन्न मागहरूलाई सम्बोधन गराउने उद्देश्यले कार्यसप्ताह आयोजना गर्न लागिएको बताए। कार्यसप्ताहका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पहाडीले कार्यसप्ताहमा विभिन्न कार्यक्रम गर्न लागिएको बताए । शिक्षा क्षेत्रको विकासका लागि शिक्षाको बजेटमा २० प्रतिशत बजेट छुट्टाउनुपर्ने बताए।

सार्वजनिक शिक्षा प्रणालीको सुधारका लागि विभिन्न मागहरू अघि सारिएको छ। त्यसका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता र संवैधानिक दायित्व पूरा गर्ने, समतामूलक समाज निर्माण गर्ने, भौतिक पूर्वाधार सुधार्ने, प्राविधिक शिक्षामा जोड दिने लगायतमा विषय रहेका छन्।

कार्यसप्ताह अन्तर्गत केन्द्र र प्रदेश तथा स्थानीय तह गरेर विभिन्न कार्यक्रम गर्न लागिएको अध्यक्ष पहाडीले बताए। सङ्घीय शिक्षा ऐन तत्काल जारी गर्न दबाब सिर्जना गर्न विभिन्न सरोकारवालाहरूबाट कम्तीमा ५० हजार हस्ताक्षर सङ्कलन र हस्तान्तरण गर्ने कार्यक्रम छ। त्यस्तै शिक्षामा लगानी वृद्धि गर्ने पर्याप्त आधारसहित सङ्घीय, प्रादेशिक तथा स्थानीय तहका विभिन्न सरकारका निकायलाई ज्ञापनपत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स