काठमाडौँ । काठमाडौँ युरो स्कुल तथा युरो किड्स गंगबुले युरो किड्समा अध्ययनरत विद्यार्थिहरुको अभिभावकलाई अभिमुखिकरण तालिम दिएको छ । ५ बर्षभन्दा कम उमेरका बच्चाको शारिरिक तथा मानसिक वृद्धि, विकास, सिकाइ,स्वास्थ्य तथा मनोविज्ञान संम्बन्धि परामर्श तथा अभिमुखिकरण गरेको हो ।
तालिममा बाल तथा किशोर मनोचिकित्सक डा.उत्कर्ष कार्कीले बालबालिकाको शारिरिक,तथा मानसिक विकास र मनोविज्ञानको बारेमा जानकारि गराउनुभएको थियो । यस्तै काठमाडौँ युरो स्कुलको पाठ्यक्रम डिजाइनर पुजा शाहले मनोविज्ञान अनुसार पाठ्यक्रम निर्माण गर्नुपर्ने र समय अनुसार व्यवहारिक सिकाइका लागि अभिभावकह?ले बालबालिकाको सिकाइमा थप सहजिकरण गर्नुपर्ने बताउनुभयो । युरो स्कुल तथा युरो किड्को तर्फबाट स्कुलको कोअर्डिनेटर पेरणा काफ्ले र प्रेन्सिपल दिपक गुप्ताले अभिमुखिकरण गराउनुभएको थियो ।
अभिमुखिकरण तालिममा केहि अभिभावकहरुको स्कुलप्रतिको धारण समेटिएको भीडियो सामाग्री पनि प्रस्तुत गरिएको थियो । त्यसमा अभिभावकह?ले सिकाइ राम्रो र गुणस्तरिय भएकाले युरो स्कुलमा आफ्नो बच्चालाइ भर्ना गरेको प्रतिक्रया दिएका थिए, साथै स्कुल जान थालेपछि बच्चाह?ले धेरै कुरा सिकेकोमा खुसि ब्यक्त गरे ।
अभिमुखिकरण तलिममा युरो किड्समा अध्ययनरत विद्यार्थिहरुका झन्डै १ सय ५० जना अभिभावकहरु सहभागि भएका थिए । काठमाडौँ युरो स्कुल तथा युरो किड्स गंगबुले विद्यार्थिको चौतर्फी विकासको लागि शारिरिक विकास, मानसिक विकास र मनोविज्ञानमा आधारित रहेर पाठ्क्रम निर्माण गरेको छ । यसकारण पनि यस स्कुलको सिकाइ गुणस्तरिय र अब्बल मानिन्छ ।