19.1 C
Kathmandu
Saturday, August 16, 2025
spot_img

अत्यधिक गर्मीका कारण वीरगन्ज महानगर मातहातका विद्यालयमा २० दिन बन्द

वीरगन्ज । अत्यधिक गर्मीका कारण वीरगन्ज महानगरपालिका मातहात रहेका विद्यालयहरु साउन २० गतेसम्म बन्द हुने भएका छन् ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले शुक्रबार विज्ञप्ति जारी गरी अत्यधिक गर्मीका कारण बालबालिकामा पर्न जाने प्रतिकूलतालाई मध्यनजर गर्दै विद्यालय बिदा हुने जनाएको छ । यसअघि बढ्दो गर्मीका कारण महानगरपालिकाले असार २८ देखि ३१ सम्मका लागि सबै विद्यालयहरुको पठनपाठन बन्द गरेको थियो ।

मौसम प्रतिकूलता अझ बढ्दै गएकोले शैक्षिक क्यालेन्डरमा साउन ८ गतेबाट वर्षे बिदा उल्लेख भए तापनि त्यसलाई संशोधन गरी साउन १ देखि २० गतेसम्म वर्षे बिदा गरिएको शिक्षा अधिकृत हरि राउतले जनाएका छन् ।

यसैगरी, पर्साको पोखरिया नागरपालिका, धोबिनी र पकाहामैनपुर गाउँपालिकाले साउन १ देखि २८ गतेसम्मका लागि विद्यालय बन्द रहने जनाएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स