24.5 C
Kathmandu
Saturday, August 16, 2025
spot_img

स्थानिय तह सम्बन्धि जानकारि लिन काठमाडौँ युरो स्कुलका विद्यार्थिहरु मेयरको कार्यकक्षमा

काठमाडौँ । काठमाडौँ युरो स्कुल गंगबुले विद्यार्थिहरुलाइ स्थानिय तह सम्बन्धि जानकारि गराउन टोखा नगरपालिकाका मेयर प्रकास अधिकारिसँग अन्तक्रिया गरेको छ । आफ्नो स्कुलको ६ देखि ९ कक्षासम्मका  विद्यार्थिहरुलाइ मेयर अधिकारिको कार्यकक्षमै गएर भेटघाट गरि अन्तक्रिया गरेको हो ।

मेयरसँगको भेटमा विद्यार्थिहरुले स्थानिय तह सञ्चालन कार्यविधि, ऐन नियम कानुन, भौतिक तथा सााजिक विकास, राजश्व, फोहोरमैला व्यवस्थापन लगायतका विषयमा जिज्ञासा देखाउँदै मेयरसँग प्रश्न राखेका थिए । विद्यार्थिहरुले राखेका उक्त प्रश्न टिपोट गरि मेयर अधिकारिले विद्यार्थिले सहजै बुझ्ने गरि पालैपालो जवाफ दिनुभएको थियो । स्थानिय तह संम्बन्धि चासो राखि विद्यार्थिहरु आफ्नो कार्यकक्षमै आएको प्रति उहाले खुसि व्यक्त गर्दै आगामि दिनमा विद्यार्थिहरुलाइ सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । युरो स्कुलका विद्यार्थिहरुले पनि स्थानिय तहसंम्बन्धि धेरै कुरा जान्न पाएकोमाा खुसि ब्यक्त गरे । साथै स्कुलका शिक्षकहरुले स्थानिय तह संम्बन्धि आफ्ना विद्यार्थिहरुको जिज्ञासा मेटाइदिनुभएकोमा मेयर प्रकास अधिकारिलाई धन्यवाद दिनुभयो ।

यसै क्रममा काठमाडौँ युरो स्कुलका विद्यार्थिहरुले टोखा नगरपालिकाको पुरानो तथा ऐतिहासिक नगरीको पनि भ्रमण गरेका छन । सो क्रममा नगरभित्र अवस्थित पुरानो शैलिको बस्ति, इनार, ढुंगेधारा, मठमन्दिर, पाटिपौवा दरवार,जात्रामाा प्रयोग हुने लिंगो लगायताका पुरातात्वीक, धार्मिक तथा ऐतिहासिक बस्तुहरुको अवलोकन गरेका छन ।

काठमाडौँ युरो स्कुल तथा युरो किड्स गंगबुले पढाइको अलवा आफ्ना विद्यार्थिहरुको चौतर्फी विकासका लागि विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको छ भने समय–समयमा शैक्षिक भ्रमणमा पनि लैजाने गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स