22.6 C
Kathmandu
Thursday, August 14, 2025
spot_img

अझै उपलब्ध भएन पाठ्यपुस्तक, पठनपाठन प्रभावित

टीकापुर । टीकापुरमा कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक परिवर्तन भएसँगै विद्यालयमा अझै उपलब्ध हुन सकेको छैन । अन्य कक्षाको पठनपाठन नियमित भए पनि यी कक्षामा पाठ्यपुस्तक नपुगेकाले पठनपाठन नियमित हुन सकेको देखिँदैन । नेपाल सरकारको पाठ्यक्रम प्रारुप २०७६ अनुसार यस शैक्षिक सत्रदेखि कक्षा ४, ७ र ९ मा पाठ्यपुस्तक परिवर्तन भएको हो । विद्यार्थीले नयाँ पाठ्यपुस्तक पढ्न पाउनुपर्ने भए पनि अझै हातमा पुस्तक नपुगेको विद्यार्थी वसन्त विकको गुनासो छ । ुकिताब छैन, किताब नभएकाले विद्यालयमा नियमित पढाइ हुन सकेको छैनु, विकले भने ुकिताब नै नभए कसरी पढ्नु रु विद्यालयमा गए पनि किताब छैन भन्दै शिक्षकले पनि पढाउँदैनन् । गएका साथीहरु पनि समयअगावै घर फर्कन्छन् ।ु

टीकापुरका सुरेश चौधरी कक्षा ९ मा पढ्छन् । उनले पनि अझै पाठ्यपुस्तक हातमा पाएका छैनन् । पाठ्यपुस्तक नभएर उनले पनि पढ्न पाएका छैनन् । ुस्थानीय तह निर्वाचनलगत्तै जेठ महिनाबाट विद्यालयमा पढाइ सुरु भयो । पढाइ सुरु भएको २० दिनसम्म पनि हामीले पाठ्यपुस्तक पाएका छैनौँ, चौधरीले भने, ुयसले त पछिल्ला कक्षामा पनि असर पार्छ । समयमै पढ्न नपाए कोर्स पूरा हुँदैन । अनि हामीलाई घाटा लाग्छ ।ु

विद्यालयमा पाठ्यपुस्तक उपलब्ध नहुँदा शिक्षक के, कसरी शिक्षण गर्ने भन्ने कुरामा अन्यौलमा छन् । शिक्षकमा ढिलो गरी पाठ्यपुस्तक आए कोर्ष पछाडि धकेलिन्छ कि भन्ने चिन्ता बढेको पशुपतिनाथ आधारभूत विद्यालयका शिक्षिका शान्ति बुढाले बताइन् ।

पाठ्यपुस्तक नहुँदा पनि विद्यार्थीलाई व्यस्त राख्न केही न केही क्रियाकलाप गर्न जरुरी छ । हातमा पाठ्यपुस्तक नहुँदा उनीहरुलाई व्यस्त राख्न शिक्षकले पाठ्यक्रमका आधारमा उनीहरुलाई अन्य सन्दर्भ पुस्तक शिक्षण गरिरहेको जनजागृति मावि सीतापुरका प्रधानाध्यापक मुक्तिप्रसाद भण्डारी बताउछन् । ुविद्यार्थीको पढाइलाई सहयोगी हुने खालका अन्य क्रियाकलापमा व्यस्त राख्ने, अन्य किताब अध्ययनमा सघाउने काम गरिरहेका छौँु, प्रधानाध्यापक भण्डारीले भने, ुजसले उनीहरुको अध्ययनमा बाधा नपुगोस्, पढाइमा रुचि लागि रहोस् भन्ने उद्देश्य हो ।ु

कोर्स नै परिवर्तन भई विविध कारणले पुस्तक छपाइमा ढिलो भएकाले समयमै पुस्तक नपुगेको बताइएको छ । टीकापुर नगरपालिका शिक्षा शाखाले विद्यालयमा पठाइएका स्वअध्ययन सामग्री प्रयोग गर्न सकिने टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थी बताउनुहुन्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स