काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी फागुन १ देखि भौतिक उपस्थितिमा पठनपाठन गर्न निर्देशन दिएको छ। सवै स्कुल, विभाग र क्याम्पसलाई आगामी फागुन १ देखि भौतिक उपस्थितिमा पठनपाठन गर्न निर्देशन दिएको हो।
त्रिवि सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालका अनुसार त्रिविको कार्यकारी परिषद्को बैठकले कोरोना संक्रमणले रोकिएका परीक्षा सञ्चालन र सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिइएको हो।
त्रिवि कार्यकारी परिषदको मंगलबार बसेको बैठकले त्रिवि तथा अन्तर्गतका सबै क्याम्पस÷विभाग÷स्कुल स्वस्थ्य मापदण्ड कडाइका साथ पालना गरेर भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न निर्देशन दिएको थियो।
सरकारले यसअघि नै फागुन १ देखि देशभरका विद्यालय भौतिक उपस्थितिमा सञ्चालन गर्ने निर्णय गरिसकेको छ। कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि एक महिनायता शैक्षिक संस्था बन्द थिए।