21.3 C
Kathmandu
Wednesday, August 13, 2025
spot_img

किवीले बजार नपाउँदा ताप्लेजुङका किसान निराश

ताप्लेजुङ । फलफूलको राजा उपनामले परिचित फल किवीले बजार पाउन सकेको छैन । बजार अभावका कारण उत्पादित किवीले अपेक्षाकृत मूल्य नपाउँदा ताप्लेजुङका किसान निराश भएका छन् । सुरुमा धेरै राम्रो मूल्य आएकाले सोहीअनुसार मूल्य पाउने अपेक्षासहित किसानले किवी फलको खेती गर्न थालेका थिए ।

ताप्लेजुङसहित पूर्वका अधिकांश पहाडी तथा हिमाली जिल्लाका किसानले किवीको राम्रो बजार देखेपछि किवीखेतीप्रति प्रभावित भएर किवीखेती गर्न लागिएको तर अहिले सोचेजस्तो मूल्य नआएपछि उनीहरू निराश भएका छन् । किवीका खेतिका आर्थिक लगानी डुब्न लागेको भन्दै खेतीमा सङ्लग्न किसान चिन्तित भएका छन् ।

ताप्लेजुङमा पाँचरसात वर्षअघिदेखि किसानले किवीखेती सुरु गरेको पाइन्छ । अहिले धेरै किसानले व्यावसायिकरूपमा किवीखेती लगाउन सुरु गरेका छ । किसानले लगाएको खेतीबाट किवी उत्पादन हुन थालेसँगै बजारमा किवीको माग निरन्तर घट्दै गएकाले सोचेजस्तो फाइदा लिन नपाएको किसानको भनाइ छ । किसानकाअनुसार किवी उत्पादन बढ्दै जाँदा बजार माग भने नभएकाले उनीहरूमा बजारको चिन्ता रहँदै आएको थियो ।

सिरिजङ्गा गाउँपालिका–५ पेदाङका किसान खेलप्रसाद बुढाथोकीले किवीको बजार माग शून्यजस्तै रहेको बताउनुभयो । जिल्लामा अधिकांश किसानले एकै समयमा किवीखेती सुरु गरेकाले अहिले सबै ठाउँमा उत्पादन हुन थालेको बुढाथोकीले बताउनुभयो । किवीको बजार नहुँदा उत्पादन धमाधम भए पनि आम्दानी लिनबाट किसानले बञ्चित हुनुपरेको उहाँको भनाइ छ । उहाँकाअनुसार जिल्लामा झण्डै एक हजार क्विन्टलको हाराहारीमा किवी उत्पादन हुन थालेको छ ।

यस्तै फुङ्लिङ नगरपालिका–६ का किसान हर्कराज गुरुङले पनि आम्दानी थाप्ने समयमा किवीले बजार नपाउँदा आफूहरू मारमा परेको बताउनुभयो । किवीको बजार अभावसँगै उचित मूल्य नपाउँदा खेतीमा सङ्लग्न किसान मारमा पर्दै आएको अवस्थालाई दृष्टिगत गरी स्थानीय सरकारले बजार व्यवस्थापनमा सहयोग गर्नुपर्ने गुरुङले माग गर्नुभयो । शीतभण्डार ९कोल्डस्टोर०सहित प्रशोधन गर्ने व्यवस्था भएमा किसानलाई राहत पुग्ने उहाँको भनाइ छ ।

पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेका किसान विजय डाँगीले किवीको बजार व्यवस्थाका लागि स्थानीय सरकार हुँदै प्रदेश र सङ्घीय सरकारबाट कुनै सहयोग नहुने हो भने किसानले लाखौँ आम्दानी गुमाउनुपर्ने अवस्था आउने बताउनुभयो । सुरुमा प्रतिकिलो रु ६०० सम्म पर्ने गरेकामा अहिले स्थानीय बजारमा मुस्किलले प्रतिकिलो रु ८० देखि १०० सम्ममा खरिदरबिक्री हुने गरेको छ । उक्त मूल्यमा पनि जिल्लामा उत्पादन हुने सबै परिमाण खपत नहुने किसानको भनाइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स