भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा कौसी खेती मेला हुने भएको छ । वातावरण तथा जनस्वास्थ्य संस्था नेपाल र मध्यपुर थिमि नगरपालिकाको संयुक्त आयोजनामा यही फागुन ३० गते वडा नम्बर ४ को दुईपोखरीमा कौसी खेती मेला हुने भएको हो ।
मेलामा घरको छत र कौसीमा लगाइएको तरकारी बाली र कृषिसँग सम्बन्धित सामग्री प्रदर्शनीमा राखिनेछ । आफूले छतरकौसीमा लगाएको बालीलाई प्रदर्शनीमा राख्न चाहनेहरूले २५ गतेसम्म स्टल बुकिङ गर्नुपर्नेछ ।
अन्य जानकारीका लागि कृषि शाखामा सम्पर्क गर्न मध्यपुर थिमि नगरपालिकाले आग्रह गरेको छ ।