21.2 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

राहतको पर्खाइमा तराईका गरीब विपन्न समुदाय

लहान । प्रत्येक वर्ष शीतलहरको चपेटामा गरीब विपन्न समुदाय पर्नेगरेका छन् । तराई–मधेशमा आउने शीतलहरमा चिसोले कठयाङग्रिएपछि मात्रै दिइने राहत शीतलहर आउनुभन्दा अगडि लक्षित समुदायलाई दिनुपर्ने दलित अगुवाहरुको माग छ ।

सबैभन्दा नजिकको स्थानीय सरकारले पालिकाभित्र कति विपन्न र दलित समुदाय शीतलहरको समयमा चपेटामा पर्ने गर्छन्, यकिन तथ्याङक राखेर विपद् व्यवस्थापन समिति सक्रिय नहुनुले सिरहा जिल्लामा सबभन्दा बढी मुसहर समुदाय कष्टकर जीवन बिताउन बाध्य भएको दलित अगुवा रामस्वरुप सदायले बताउनुभयो । यसवर्ष चिसोमा कठियाङिग्रएर कल्याणपुर नगरपालिकाको एक दलित समुदायको मृत्यु भएको छ । मृतकहरुको तथ्याङक सरकारी निकायमा पुग्न नसकिरहेको उहाँले पीडा सुनाउनुभयो ।

सदायकाअनुसार सिरहामा ४२ हजार मुसहर समुदायमध्ये दुई प्रतिशत मुसहर समुदायको सुरक्षित आवास र शीतलहर छल्ने सामथ्र्य छैन । सरकारले शितलहरमा उत्पन्न हुने मानवीय समस्या समाधानका लागि न्यानो लुगा दिन बजेटको व्यवस्थापन नगरेको उहाँको आरोप छ । ग्रामीण भेगका मुसहर समुदाय कृषि मजदुरी गर्ने र शहरी क्षेत्रमा ठेला र निर्माण मजदुरीको रुपमा काम गरेर गुजारा गर्दैआएको लहान–१ की सोनिया सदायको दुखेसो छ ।

लहान नगरपालिका विपद् व्यवस्थापन समितिका संयोजक लहान– ५ का वडाध्यक्ष मो सुलेमान अन्सारीका अनुसार लहान नगरपालिकामा रहेको ८ हजार गरीब विपन्नलाई कम्वललगायत अन्य राहत सामग्री वितरण गर्न झण्डै चालिस लाख रकम आवश्यक पर्ने बताउनुभयो । सो रकम सरकारबाट माग गर्न तयारी गरिएको उहाँले बताउनुभयो । राहत वितरण एकद्वार प्रणालीबाट वितरण हुनुपर्नेमा त्यसो हुन नसक्दा स्थानीय पालिकालाई राहत वितरणमा समस्या हुने गरेको उहाँले बताउनुभयो ।

सिरहा जिल्लाका १७ वटै पालिकाहरुलाई शीतलहरको चपेटामा पर्न सक्ने परिवारलाई राहत वितरण गर्न पहल थालिसकेको प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडिले बताउनुभयो । जिल्लामा अहिले नेपाल प्रहरी, नेपाली सेना, उद्योग वाणिज्य संघ र विभिन्न संघ संस्थाहरुसँग समन्वय गरेर अति आवश्यक देखिएको बस्तीहरुमा शीतलहर छल्न न्यानो लुगा वितरण गरिरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स