30.4 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

डेल्टा भेरियन्टभन्दा ओमिक्रोनको संक्रमण दर ७० प्रतिशत बढी

काठमाडौं । नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट समुदायस्तरमा व्यापक रूपमा फैलन थालेको छ । सामुदायिकस्तरमा अत्यधिक फैलन पुग्दा भयावह अवस्था आउन सक्ने भन्दै चिकित्सकले थप सतर्कता अपनाउन आग्रह गरेका छन् ।

ओमिक्रोन भेरियन्टको संक्रमण दर यसअघिको अल्फा र बिटा भेरियन्टभन्दा अत्यधिक बढी रहेकाले यसको जोखिम अत्यधिक रहेको छ ।

चिकित्सकले ओमिक्रोनको संक्रमण दर डेल्टा भेरियन्टभन्दा ७० प्रतिशत बढी रहेको जनाएका छन् । उनीहरूले सुरक्षाका सबै विधि अपनाउनुपर्ने र आवश्यकताअनुसार स्मार्ट लकडाउन गर्नुपर्ने सुझाव दिएका छन् । ओमिक्रोनसँग जुध्न सरकारले विशेष तयारी नगरेको भन्दै चिकित्सकले चिन्ता व्यक्त गरेका छन् ।

कोरोना भाइरसका सम्बन्धमा अन्तर्राष्ट्रिय रूपमा नै अध्ययन गरिरहेका वरिष्ठ भाइरोलोजिस्ट डा. रमेशकुमार आचार्यले नेपालमा ओमिक्रोन समुदायस्तरमा नै फैलिसकेकाले थप सतर्कता नअपनाउने हो भने भयावह रूप लिन सक्ने बताए । उनले ओमिक्रोनको संक्रमण दर ७० प्रतिशतभन्दा बढी रहेकाले यो द्रुत गतिमा फैलिरहेको दाबी गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स