काठमाडौँ । बिहीवारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । अर्को बैठक यही पुस २८ गते बुधवार बस्नेछ ।
सङ्घीय संसद्का महासचिव डा.भरतराज गौतमले आज बुधवार सूचना निकालेर बैठक यही पुस २८ गते दिउँसो १ बजे बस्ने जानकारी गराउनुभएको हो । ‘प्रतिनिधि सभा नियमावली २०७५ को नियम (६० को उपनियम ) ३० बमोजिम प्रतिनिधि सभाको अर्को बैठक यही पुस २८ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको छ’ , सूचनामा भनिएको छ ।
यसअघि पुस १८ गतेका लागि बोलाइएको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको थियो ।