29 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

कांग्रेस प्रदेश-२ को नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

जनकपुरधाम । नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशनअन्तर्गत प्रदेश नम्बर–२ मा मतदान सुरु भएको छ । कडा सुरक्षा व्यवस्थासहित जनकपुरधामस्थित गोपाल धर्मशालामा आज बिहान ९ः३० बजेदेखि मतदान सुरु भएको हो ।

निर्वाचन समितिले बुधबार नै मतदान गर्ने गरी तालिका सार्वजनिक गरेको थियो । तर, मतपत्र छपाइलगायत तयारी पूरा नहुँदा आजका लागि सारिएको हो । दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको समितिका सदस्य विनय सिंहले जानकारी दिए ।

विभिन्न ७२ पदका लागि १८० जनाले उमेदवारी दिएका छन् । जसमा पाँच सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । आज ६७ पदका लागि मतदान हुँदै छ । प्रदेश अधिवेशनमा एक हजार ९८० मतदाता छन् ।

सभापति शेरबहादुर देउवा पक्षबाट सभापतिका उमेदवार कृष्ण यादव र नेताहरू विमलेन्द्र निधि–शेखर कोइराला पक्षबाट सभापतिका उमेदवार रामसरोज यादव प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन् । कृष्ण यादव रौतहट जिल्लाका पार्टी सभापति हुन् भने रामसरोज प्रदेश–२ कांग्रेस संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री हुन्

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स