22.5 C
Kathmandu
Monday, August 11, 2025
spot_img

राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता आह्वान : पुस १० गतेसम्म दर्ता गरिसक्नुपर्ने

काठमाडौँ । अर्को महीना हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ। बिहीबार आयोगले सूचना प्रकाशित राजनीतिक दलहरूलाई दर्ताका लािग आह्वान गरेको हो। आयोगले १० पुससम्म दल दर्ता गर्ने म्याद राखेको छ। आयोगले १२ माघमा राष्ट्रिय सभाको निर्वाचन तोकेको छ। यसका लागि २० पुसमा उम्मेदवारी दर्ता गर्ने भएको छ।

त्यस्तै, २१ पुसमा उम्मेदवारको मनोनयनमाथि दाबी विरोध, २२ र २३ पुसमा उजुरीमाथि छानविन गर्ने भएको छ। यससँगै २४ पुसमा उम्मेदवारी फिर्ता लिने समय तोकेको छ भने २५ पुसमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ। राष्ट्रिय सभा सदस्यका लागि १२ माघ बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ।

आगामी पुस १७ गते मतदाता नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको उक्त निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र दर्ताको कार्यक्रम भने पुस २० गते हुनेछ । समाजका प्रबुद्ध वर्गको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रियसभा स्थायी सदन हो । आगामी निर्वाचन सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समूहका सात पदका लागि हुन लागेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिबाट विज्ञका रूपमा मनोनित रामनारायण बिडारीको पदावधि पनि फागुन २० मै समाप्त हुँदैछ ।

उक्त निर्वाचनमा भाग लिने उम्मेदवारलाई पुस २५ गते निर्वाचन चिह्न प्रदान गरिने छ । पुस २५ देखि माघ ११ गतेसम्म उम्मेदवारले प्रचारप्रसारको अवधि प्राप्त गर्ने छन् । माघ १२ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुने आयोगले जानकारी दिएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाता प्रदेशसभा सदस्य र पालिका प्रमुख र उपप्रमुख रहनेछन् । उक्त निर्वाचनका लागि अर्थ मन्त्रालयबाट ५ करोड ९० लाख बजेट आयोगले प्राप्त गरिसकेको छ । निर्वाचनका लागि प्रदेशगतरुपमा १५ कार्यालय स्थापना हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स