28.8 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

उदयपुरका स्थानीय तहमा प्रहरीको ‘गुनासो पेटिका’

उदयपुर । उदयपुर जिल्लाका स्थानिय तहमा सुझाव तथा गुनासो संकलन गर्नका लागी प्रहरीले ‘गुनासो पेटिका’ राखेको छ । प्रहरीले गरेको काम सम्बन्धि सुझाव र गुनासो संकलनका लागि ८ वटा स्थानीय निकायमा गुनासो पेटिका राखिएको उदयपुरका एसपी सुवासचन्द्र बोहराले बताए ।

उदयपुरमा ४ वटा नगरपालिका र ४ वटा गाउँपालिका छन् । नगरपालिका र गाउँपालिकाको कार्यालय तथा वडा कार्यालयमा गुनासो पेटिका राखेर गुनासो संकलन गर्न शुरु गरिएको छ । वडा कार्यालयसहित ८३ ठाउँमा पेटिका राखेर सुझाव र गुनासो संकलन शुरु गरिएको एसपी बोहराले जानकारी दिए ।

प्रहरीले गर्ने काम कारवाहीमा चित्त नबुझेमा सो पेटिकामा लिखित रुपमा गुनासो गर्न र सुझाव दिन सकिन्छ । सेवाग्राहीले आफ्नो नाम गोप्य राखेर गुनासो र सुझाव दिन सक्छन् । गुनासो पेटिकामा आएका सुझावलाई स्थानिय जन प्रतिनिधिसँग समन्वय गरेर मुचुल्का गरेर खोल्ने र संवोधन गरिने एसपी बोहराले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स