29 C
Kathmandu
Friday, August 15, 2025
spot_img

सरकारी विद्यालयको मनपरी, भोटे ताल्चा ठोकेर शिक्षकहरु शैक्षिक भ्रमणमा, विद्यार्थीको बिचल्ली

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं ६ स्थीत श्री सीपा तीनघरे संस्कृत उच्च माध्यमिक विद्यालयका शिक्षक तथा विद्यालय व्यवस्थापन समितीका केही पद्धाधिकारीहरु केही दिनका लागि बिद्याल नै बन्द गरेर शैक्षिक भ्रमणमा निस्किएका छन् ।

कक्षा ११ र १२ को शैक्षिक भ्रमणमा विद्यालयमै भोटे ताल्चा ठोकेर शिक्षकहरु शैक्षिक भ्रमणमा निस्किएका हुन् । कक्षा ११ र १२ को नाम दिइएर लगिएको शैक्षिक भ्रमणमा विद्यालयका कार्यालय सहयोगि देखि कक्षा १ देखि १० कक्षा सम्म पठाउने शिक्षकहरु छन् ।

कक्षा एक देखि कै शिक्षकहरु भ्रमणमा जाँदा विद्यार्थीहरुको पठन पाठन प्रभावित भएको छ । विद्यालयको पठनपाठन नै बन्द भएपछि विद्यार्थीहरु स्कुल जान र पढ्नबाट समेत बञ्जित भएका छन् । यस विषयमा बुझ्न खोज्दा विद्यालयका प्राध्यापक पुण्य प्रसाद आचार्यले कक्षा ११ र १२ को भ्रमण जाँदा विद्यालय पाँच दिन बन्द गरिएको स्वीकार गरेका छन् । कक्षा एक देखि कै शिक्षकहरु भ्रमणमा जाँदा विद्यार्थीहरुको पठन पाठन प्रभावित भएन र ? भन्ने हाम्रो प्रश्नमा उनले भने, “भ्रमणबाट सबैजना आएपछि हामी छलफल गर्छौं, विदाको दिनमा पनि पठाउँछौं नी।”पाँच दिन विद्यालय बन्द हुदाँ पनि केही नभए जस्तो गरी उनले जवाफ दिए ।

कोरोना भाइरसका कारण लामो समय सम्म पठनपाठन अवरुद्ध भई हाल केही समययता पठ्नपाठन शुरु भएको अवस्थामा विद्यालय नै बन्द गरेर शिक्षक र समितीका पद्धाधिकारीहरु भ्रमणमा जानु अत्यन्तै गलत हो । यो बर्ष मात्रै होइन् गत बर्ष पनि यसरी नै भोटे ताल्चा ठोकेर शैक्षिक भ्रमणमा मस्ती गरेर फर्केका थिए ।

पल्केको तिल्के घरिघरी मिल्के भनेको यही त होला नी, शिक्षकहरु नै निर्लज्ज भएपछि कस्को के नै लाग्छ । १ देखी १० कक्षासम्मका विद्यार्थी चाहीँ पढ्न पर्दैन् ?, की भ्रमण भनेपछि पढाउन पनि नपर्ने हो ?, शिक्षकहरुको तमासा देखेर लाज पनि पक्कै लजाए होला, कठै बरै ?, फेरी यस्ता शिक्षकहरुलाई कारवाही गर्ने निकाय पनि भ्रमणमा होला,अनि कारवाही कस्ले गर्ने ?

तहगत भ्रमणमा विद्यार्थीलाई समय समयमा भ्रमणमा लैजानुपर्छ । नयाँ नयाँ खोज र अनुसन्धानका लागि शैक्षिक भ्रमणमा लानु सकारात्मक हो । तर, तहगत भ्रमणमा सिमित शिक्षक जानुपर्छ । कि सबै तहका विद्यार्थी लाई समेटेर लैजानु पर्छ । यसरी सबै शिक्षक भ्रमणमा जाँदा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुको पढाइमा बाधा पुग्यो कि पुगेन ?

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स