विभिन्न आयामबाट समृद्ध बन्ने दौरानमा रहेको बेनीघाट रोराङ गाउँपालिका आ।व। ७९।८० को स्थानीय सरकार संस्थागत क्षमता सो मूल्याङ्कन (LISA) मा नेपालभरका ४६० गाउँपालिकाहरू मध्ये पहिलो स्थानमा पर्न सफल भएको छ । सङंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सभाहलमा आ.व. ७९.८० को स्थानीय सरकार संस्थागत क्षमता सो मूल्याङ्कन ९ीक्ष्क्ब्० को नतिजा सार्वजनिकरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा नेपालभरका स्थानीयतहहरूको सो मूल्याङ्कन गरी मन्त्रालयले नगरपालिकाहरुतर्फ बागमती प्रदेश अन्तर्गत धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका पहिलो र गाउँपालिहरुको तर्फ धादिङ जिल्लाकै बेनीघाट रोराङ गाउँपालिका पहिलो हुन सफल भएको हो।
उक्त कार्यक्रममा पहिलो गाउँपालिका हुन सफल गाउँपालिका का अध्यक्ष कृष्ण बहादुर थपलियाले आफ्ना भनाई राख्नुहुँदै गाउँपालिका समृद्ध बन्नको लागि र यस्ता नतिजा प्राप्त गर्नुमा सिंगो कर्मचारी परिवार र समग्र जनप्रतिनिधिहरूको प्रत्यक्ष रुपमा सहभागिता र कार्यशैलीका कारणले मात्र यो सम्भव भएको बताउनुभयो।