22.3 C
Kathmandu
Monday, August 11, 2025
spot_img

बन्द भयो त्रिविको ‘कुलपति पदक’

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय हरेक वर्ष प्रदान गर्दै आएको कुलपति पदक बन्द गरेको छ । त्रिविको दीक्षान्त समारोहमा स्नातकोत्तर तहमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई प्रदान गर्दै आएको कुलपति पदक बन्द गरेको हो ।

सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई उक्त पदक प्रदान गरिँदै आएको थियो । तर, हाल लेटर ग्रेडिङ पद्धति ९जीपीए० लागू भएपछि सर्वोत्कृष्ट विद्यार्थी छुट्याउन गाह्रो परेको भन्दै त्रिविले उक्त पदक बन्द गरेको हो ।

यसअघि हरेक वर्ष स्नातकोत्तर तहमा सबैभन्दा बढी अंक ल्याउन विद्यार्थीलाई उक्त पदकबाट सम्मान गरिँदै आएको थियो । २०१६ सालदेखि गत वर्षसम्म उक्त पदक प्रदान गरिएको थियो ।

गत असार ९ गते बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय परिषद्को बैठकले कुलपति पदक वितरण गर्न प्राज्ञिक परिषद्लाई सिफारिस गरेको थियो । सोही आधारमा प्राज्ञिक परिषद्ले यसै वर्षदेखि लागू हुनेगरी कुलपति वितरण बन्द गर्ने निर्णय गरेको थियो ।

४८ औँ दीक्षान्त समारोहमा त्रिवि पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभाग विश्वविद्यालय क्याम्पसबाट सकुन महर्जनले ‘कुलपति पदक’ पाएका थिए । उनले ४ जीपीए अंक ल्याउँदै सम्पूर्ण मास्टर्स परीक्षाहरूमा प्रथम श्रेणी हासिल गरेका थिए ।

यो वर्ष ४९ औँ दीक्षान्त समारोहमा भने व्यवस्थापन सङ्काय अन्तर्गत एमफिल तहमा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने किशोरकुमार गौतमले चार जीपीए ल्याउँदै त्रिवि प्राध्यापक संघ शहीद उप–प्राध्यापक हरिराज अधिकारी स्वर्ण पदक प्राप्त गरेका छन् ।

त्यस्तै पक्लिहवा क्याम्पसका अस्मिता गैरेले विशिष्ट अंक ल्याउँदै भाइस चान्सलर पदक प्रदान गरेकी छिन् । उनले स्नातक तहको परीक्षामा सर्वप्रथम स्थान हासिल गरेकोमा उक्त पदक प्रदान गरिएको हो । ४९ औँ दीक्षान्त समारोह यही पुस २ गते दशरथ रङ्गशालामा हुँदैछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स