23.3 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

बलान विहुल गाउँपालिकामा ‘अध्यक्ष स्वास्थ्य कार्यक्रम’ लागु

सप्तरी । सप्तरीको बलान विहुल गाउँपालिकामा अध्यक्ष स्वास्थ्य कार्यक्रमको घोषणा गरिएको छ । गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले आफु निर्वाचन हुनुपूर्व घोषणापत्रमा उल्लेख गरेका कार्यहरु पुरा गर्न स्वास्थ्य कार्यक्रमको घोषणा गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले कार्यक्रम सुरुवातको घोषणा गर्दै स्थानिय नागरिकहरुलाई आफैँ स्वास्थ्य परिक्षण गर्दै निःशुल्क औषधि वितरण गर्न सुरु गर्नु भएको छ ।

गाउँपालिकाको वडा नम्बर १ मल्हनियाँबाट सुरु गरीएको कार्यक्रमा गाउँपालिकाको सबै वडामा लागु गर्ने अध्यक्ष यादवले बताउनुभयो ।

अध्यक्ष यादवले गाउँपालिका अध्यक्ष स्वास्थ्य कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक, दिर्घरोगी र अपाङगता भएकाहरुका लागि कार्यक्रमको सुरुवात गरेको बताउनु भयो ।

स्वास्थ्य नागरिकको नैसर्गीक अधिकार भएकाले यसलाई प्रभावकारी ढंगले संचालन गर्नु पर्ने अध्यक्ष यादवको भनाई छ । यो अभियान अन्तर्गत गाउँपालिकाको १५ हजार जनताले प्रत्यक्ष स्वस्थ्य लाभ लिने अध्यक्ष यादवको भनाई छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स