22.5 C
Kathmandu
Monday, August 11, 2025
spot_img

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित घले पक्राउ

काठमाडौं । मङ्सिर २२ गते । बिहीबार राती दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ आएका एक व्यक्ति १४ किलोग्राम सुन सहित प्रहरी र भन्सार कार्यालयका कर्मचारीको टोलीले पक्राउ गरेको छ । नेपाल प्रहरीका प्रवक्ता डिआइजी कबेर कडायतका अनुसार गोरखा वारपाकका चन्द्र घले सुन सहित जहाजबाट अवतरण हुने क्रममा पक्राउ परेका हो ।

घले फ्लाइ दुबईको फ्लाइटबाट काठमाडौँ उत्रेका थिए । डिआइजी कडायतका अनुसार सुन सहित पक्राउ परेका व्यक्ति भन्सार विभागलाई थप कारवाहीका लागि बुझाई सकिएको जनाएको छ । शरीरमा लुकाएर ल्याएको अवस्थामा घले पक्राउ परेको थियो ।

फ्लाई दूबईको विमानमार्फत यूएईबाट आएका गोरखा, बारपाकका ४५ वर्षीय चन्द्र घलेको साथबाट दुई किलो सुनको गरेर ७ वटा विस्कुट बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले बताए ।

प्रहरीका अनुसार, सुन ल्याउने घले गएराति ११ः५६ बजे फ्लाई दुबईको एफजेड ५७३ विमानबाट काठमाडौं अवतरण गरेका थिए । पक्राउ परेका दुवै जनाविरुद्ध निकासी पैठारी नियन्त्रण ऐन, २०१३ र भन्सार ऐन, २०६४ अनुसार थप अनुसन्धान हुनेछ ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले दुई दिनअघि मात्र तस्करीको सुन राखेको आशंकामा न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स