22.3 C
Kathmandu
Wednesday, August 13, 2025
spot_img

सुपथ मूल्य पसल निरन्तर सञ्चालन

काठमाडौँ । चाडपर्वलाई लक्षित गरी खोलिएको सहुलियत मूल्य पसल आगामी माघसम्म निरन्तर सञ्चालन हुने भएको छ ।उपभोक्तालाई सहुलियत दिन माघसम्म निरन्तर सञ्चालन गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।

चाडपर्वलाई लक्षित गरेर गत असोज २१ देखि कम्पनीले मुलुकभर सुपथ पसल सञ्चालन गरेको थियो । कम्पनीका बिक्री प्रमुख भीम थापाले माघीपर्वलाई लक्षित गरी माघसम्म सुपथ पसल निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो । सुपथ पसलमा ग्राहकको आकर्षण बढ्दै गएकाले पनि निरन्तरता दिइएको उहाँले जानकारी दिनुभयो । बजारमा मूल्यभन्दा सस्तोमा खाद्यान्न बिक्री भएकाले पनि सामान खरिद गर्न ग्राहक आउने गरेको कम्पनीले जनाएको छ । सुपथ पसल सञ्चालन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दुई करोड ३२ लाख २० हजार रुपियाँ बजेट विनियोजन गरेको थियो ।

सुपथ मूल्य पसलमा चामल, दाल, गहुँ, आँटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर तेल, भटमासको तेल, चिउरा प्रतिकेजीरप्रतिलिटरमा सात रुपियाँ छुट दिइएको छ । यस्तै कर्णालीको सिमीरगेडागुडी, फापरको दाना, चिनो कागुनो र उवा प्रतिकेजीमा १० रुपियाँ छुटको व्यवस्था गरिएको छ ।

सुपथ मूल्य पसलमा हुम्लाको कागुनो र चिनो चामल प्रतिकेजी १० रुपियाँ छुट दिई प्रतिकेजी २५० रुपियाँमा वितरण गरिएको छ । चामल प्रतिकेजीमा सात रुपियाँ छुट दिएको छ । काला नुनिला चामल प्रतिकेजी १५३ रुपियाँ, बासमती चामल प्रतिकेजी १२८, ब्राउन चामल प्रतिकेजी ५३, मार्सी चामल प्रतिकेजी २१८ र स्टिम जिरा मसिनो चामल प्रतिकेजी ७८ रुपियाँमा बिक्री गरिएको कम्पनीले जनाएको छ । यस्तै कर्णालीको सिमी प्रतिकेजी १० रुपियाँ छुट दिई २३० रुपियाँ वितरण गरिएको छ ।

यस्तै दाल प्रतिकेजीमा सात रुपियाँ छुट दिई मसुरो दाल ९ठुलो० १३८, मसुरो दाल सानो १५८, चिनी प्रतिकेजी ९७ रुपियाँ, मास दाल प्रतिकेजी १८३, मुङ खोस्टा प्रतिकेजी १६३, क्वाँटी प्रतिकेजी १३५, चना प्रतिकेजी ११२, हुम्लाको फापर प्रतिकेजी १४०, चिउरा प्रतिकेजी ९३, तोरीको तेल प्रतिलिटर ३८०, सनफ्लावर तेल प्रतिलिटर दुई सय, भटमास तेल प्रतिलिटर १९३, डिसिसी घिउ प्रतिलिटर एक हजार १८०, नुन प्रतिकेजी २० रुपियाँ, ग्यास प्रतिसिलिन्डर एक हजार ८९५, ग्यास सिलिन्डरसहित चार हजार ४१०, इन्डक्सन चुलो प्रतिगोटा तीन हजार ७५० रुपियाँमा बिक्रीमा राखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स