20.9 C
Kathmandu
Wednesday, August 13, 2025
spot_img

शहर सफा राख्‍न ललितपुर महानगरद्धारा नयाँ प्रविधिको शुरुवात

ललितपुर । ललितपुर महानगर पालिकालाई सुन्दर सफा सहरका रुपमा बिकास गर्न महानगरले नयाँ प्रविधिको सुरुवात गरेको छ । महानगरले सडकलाई धूलोमुक्त बनाउनुकासाथै सडकको दायाँबायाँ हरियाली कायम गर्न ६ हजार ५ सय लिटर क्षमता भएको ‘रोड वाटर स्प्रिङकल्स’बाट पानी र हावाको सहयोगमा एकै चोटी सडक सफा गर्न सक्ने प्रविधि प्रयोगमा ल्याएको हो ।

उक्त प्रविधिको शुुभारम्भ गर्दै ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरलाई स्मार्ट सिटी बनाउने अवधारणा अनुसार नयाँ प्रविधिबाट सहर सौन्दर्यीकरण योजना अघि बढाइएको बताउनुभयो ।

ललितपुर महानगरलाई थप व्यवस्थित बनाउन थुप्रै काम बाँकी रहेको उल्लेख गर्दै यसलाई बिस्तारै नेपालको नमूना सहरका रुपमा बिकास गर्ने बताउनुभयो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स